आज ‘क्रिसमस डे’, किन र कसरी मनाईन्छ ?

काठमाडौं, १० पुष । आज ‘क्रिसमस डे’ अर्थात इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस धर्म मान्ने मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्। इशाई समूदायमा प्रचलित उत्सव हो । ईशाई अर्थात क्रिसमस डे । तर, अहिले अन्य समुदाय पनि यस पर्वमा रमाउन थालेका छन् ।

हिँउद महिनाको सुरुवाततिर क्रिसमसको रौनक चढ्छ । यतिबेला पश्चिमा मुलुकमा हिँउ पर्न थालिसकेको हुन्छ । २५ डिसेम्बरमा प्रभु जिसस क्राइस्टको जन्म भएको मानिन्छ । त्यही आधारमा क्रिसमस मनाउने गरिएको बुझाई छ । अर्थात जिससको जन्मदिन ।

डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिन थालिएको हो । आज देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको छ। हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासङ्घको दावी छ ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको मानिन्छ । मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनको भनाई छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्लासिक भेन्यू सातदोबाटोमा क्रिसमस महोत्सव २०७७ आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्रि’ सजाउने गरेको देखिन्छ। विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्न विगत वर्षमा साजसज्जा गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम देखिएको छ ।

यस्तो छ कथा
क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला रोम शासन थियो । रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यही जिससको जन्म भयो ।
यहि कथालाई आधार मानेर क्रिसमस मनाइन्छ ।

क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस ट्रि सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गरिन्छ ।के पनि भनाई छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् । त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस टि्र, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

क्रिसमससँग जोडिएको रोचक कथा पश्चिमा समाजमा प्रचलित छ, खासगरी बच्चाहरुका निम्ति । भनिन्छ, शान्त क्लजले आकासमा बसेर बच्चाहरुले गर्ने गतिविधि नियालीरहेको हुन्छ । बच्चाले के राम्रो गरेको छ, के नराम्रो गरेको छ, सबै लेखाजोखा गर्छ । अनि सुनको मृगले तानेको रथमा चढेर आकाशको बाटो हुँदै हरेकेका घरघरमा आउँछ । राम्रो काम गर्ने बच्चाका लागि खास उपहार लिएर छाडिदिन्छ ।

संभवत धर्मको माध्यामबाट बच्चाहरुलाई सत्मार्गमा लाग्नका लागि प्रेरित गरिएको हो । क्रिसमसले विश्व अर्थतन्त्रमै प्रभाव पार्छ । बजारको ग्राफ एकाएक आकासिन्छ । पसलमा नयाँ नयाँ सामग्री, खाद्यन्न, लताकपडा, सजावटको सामाग्री, उपहारको खरिद बिक्री हुने गर्छ । अमेरिकामा क्रिसमसको लागि किनमेलको मौसम नै मानिन्छ ।

सो दिनलाई ब्ल्याक फ्राइडे पनि भनिन्छ । यो दिन थ्यांक्स गिभिङसम्म आएर समापन हुन्छ । मनोरञ्जनदेखि ठूलठूला उद्योगले आफ्नो उत्पादनका लागि विशेष मौकाको रुपमा क्रिसमसलाई उपयोग गर्ने गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board