संसद विघटनबारे संवैधानिक इजलासमा सुनुवाइ, कानुनव्यवसायीले उठाए प्रश्न

काठमाडौँ, १० पुष । सरकारको सं‌सद विघटन गर्ने कदमविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले सुनुवाइ भइरहेको छ । अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथिको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमाथि शुरुमै प्रश्न उठाएका छन् । अधिवक्ता गोविन्द बन्दी र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाएका हुन् ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमथि सुनुवाई भइरहेको छ ।इजलास सुरु हुनासाथ कानुन व्यवसायीहरुले प्रश्न उठाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने संवैधानिक इजलासमाथि शंका नगर्न अधिवक्ताहरुसँग आग्रह गरे । केहीबेर प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच सवालजवाफसमेत भएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जनभन्दा बढी निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । प्रधानन्यायाधीशले वरीयताक्रमअनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेका छन् । शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board