बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई हटाएर शाक्यलाई प्रस्ताव

काठमाडौं, १० पुष । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड-माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास ल्याएर उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

सो प्रदेशमा ८० सांसद मध्ये ४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् ।

शुक्रबारै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board