संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्या: प्रचण्ड

काठमाडौं, १० पुष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले संसद विघटनलाई असंवैधानिक भन्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रतिनिधिसभा विघटनविरूद्ध अदालतमा मुद्दा रहेको भन्दै अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्ने पनि फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’ प्रचण्डले आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको बताए ।

यस्तै, प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन् । प्रचण्डले संविधानविपरीत प्रतिनिधिसभा विघटन हुनु लोकतन्त्रको हत्याका रूपमा पनि संज्ञा दिएका छन् ।

‘निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ,’ काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको छ। त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो।’

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board