‘ओली गणतन्त्र र संघीयता विरोधी हुन्’

काठमाडौँ, १० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड-नेपाल पक्षका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट मात्रै होइन, गणतन्त्र र संघीयता विरोधी मान्छे भएको बताएका छन् ।

शुक्रबार प्रचण्ड-नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली संघीयता र गणतन्त्र विरोधी भएको बताएका हुन् । आफूहरूबीच ४९ वर्षको सहकार्य रहेको जानकारी दिँदै नेता नेपालले प्रधानमन्त्री ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको समेत बताए ।

पत्रकार सम्मेलनमा नेपालले भने, ‘उहाँ कम्युनिस्ट मात्रै होइन, गणतन्त्र विरोधी मान्छे हो । गणतन्त्र नेपालमा आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो । उहाँमा गणतन्त्रप्रति माया मोह छैन । संघीयताको पनि विरोधी हो ।’

पदले उनमा थप अहंकार पैदा गरेको नेपालको भनाइ थियो । आधिकारीक पार्टी आफूहरू रहेको बताउँदै नेपालले त्यसका सबै सम्पति आफूहरूको हुने समेत बताएका छन् । ‘आधिकारीक पार्टी नेकपा हो । नेकपाको सम्पत्ति हाम्रो हुनेछ,’ उनले भने, ‘कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board