बेलायतमा कोरोना विरुद्धको नयाँ औषधि परीक्षण सुरु

काठमाडौं, १२ पुस । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज (यूसीएलएच) मा परीक्षण भैरहेको हो ।

बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने दाबी गरिएको छ ।

सङ्क्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने वैज्ञानिकले बताएका बेलायती पत्रिका गार्जियनले उल्लेख गरेको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ ।

यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा औषधिको मात्रा दिइएको छ । यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रभावकारी पाइएमा सुइमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई उपयोगी हुनेछ । साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने खोप परीक्षणमा संलग्न वैज्ञानिकको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board