निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइन : बस्नेत

काठमाडौं, १४ पौष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताए । प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताए ।

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको विचार राख्दै उनले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गरे । पूर्वमन्त्री बस्नेत नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board