ओलीको प्रतिगामी कदमविरुद्ध सबै जनता एक हुन जरुरी छः नारायणकाजी श्रेष्ठ

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको पनि बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताए । उनले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा सबै राजनीतिक दल र नागरिक समाजलाई धन्यवाद दिए । त्यसक्रममा उनले आन्दोलन शान्तिपूर्ण र मर्यादित हुने भन्दै आन्दोलन भाँड्न हुने षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे ।

नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहनेसमेत बताए । साथै उनले संबैधानिक निकायका सदस्यहरुले पनि असंवैधानिक कदमको विपक्षमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको जनाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board