नेपालमा थप ५३४ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, १६ पौष । नेपालमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार पिसिआर परीक्षण गर्दा देशभर ५ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । देशभर ६ हजार तीन सय ७८ जना सक्रिय संक्रमित रहँदा क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ६२ छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना निको भएसंगै अहिलेसम्म २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ५६ जना पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board