पेस्तोलका ५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं, २० पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् । एसएसपी राजेशनाथ बास्तोलाका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लाग्दा पक्राउ परेको प्रहरीले जनाएको छ । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको प्रहरीको भनाई छ । यस घट्नाबारे अन्य जानकारी भने आउन बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board