बेलायतमा कोरोना संक्रमण बढेपछि देशभर फेरि लकडाउन घोषणा

काठमाडौं, २१ पुष । बेलायतमा पुनः देशव्यापी लकडाउन लागु गरिएको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका हुन् ।

समाचार अनुसार लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ । त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्यो ।’ उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उनले अपिल गरे ।

बेलायत सरकारले जनाए अनुसार बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड—एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board