वायु प्रदूषण बढेको हुँदा मर्निङ वाकमा ननिस्किन स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ, २२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको छ ।

वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ । बादल हटेर आकाश केही खुलेसँगै काठमाण्डौमा प्रदुषण घट्न थालेको छ । हिजो र अस्तिको तुलनामा प्रदुषण कम भएको हो ।

घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने मौसमविद बरुण पौडेलले बताउनुभयो । तर जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदुषण पुरै नहट्ने विज्ञको भनाइ छ । विशेष गरेर काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण बढेको छ । काठमाण्डौ उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरुपमा बढेकाले सचेत रहन सरकारले आग्रह गरिसकेको छ ।

विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागले आग्रह गरेको छ । घरबाहिर निस्कनै पर्दा गुणस्तरीय मास्क लगाउन विज्ञको सुझाव छ ।

काठमाण्डौ उपत्यकामा विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने गाडीले फाल्ने धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board