नयाँ कोरोना भाईरस संक्रमणको संकेत नेपालमा पनि ३ जनामा देखियो

काठमाडौं, २२ पुष । बेलायतमा बिकसित भएको कोरोना भाईरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति)को संक्रमण संकेत नेपालमा पनि देखिएको पाईएको छ । नेपालका तीन जनामा उक्त संक्रमण देखिएको हो ।

समाचार अनुसार यो नयाँ प्रजातिको कोरोना भारतसहित धेरै देशमा फैलिसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको भनाई छ । उनको भनाई अनुसार नेपालमा भएको सिस्टमले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाईदैछ ।

उनका अनुसार बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो। यसको पुष्टि गर्न नमुना यो हप्ताभित्र हङकङ विश्वविद्यालयको प्रयोगशालामा पुर्‍याउने योजना रहेको बताईएको हो ।

सुरुमा बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्ने विज्ञहरुको भनाई छ । तर, स्वास्थ्य जटिलताका हिसाबले भने पुरानो कोरोनाभन्दा यसको संक्रमण खासै अन्तर छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board