काठमाडौं, २२ पुष । नेकपा प्रचण्ड-माधव समूहका अखिलले काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएका छन् ।
विद्यार्थीहरुले ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।
जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।
संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् । प्रचण्डमाधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् ।
COMMENTS