हिजो ज्ञानेन्द्र शाह विदा भए, अब केपी ओली विदा हुन्छः मिनेन्द्र रिजाल

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पनि छिट्टै विदा हुने बताए । नेकपा प्रचण्ड-माधव समूहले आज बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेता रिजालले ओलीलाई ज्ञानेन्द्र शाहसँग तुलना गर्दै संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताएका छन् ।

कार्यक्रममा उनले भने, ‘आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन् । हिजो ज्ञानेन्द्र विदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने । वैशाखमा निर्वाचन गर्नकै निम्ति घोषणा नगरिएको रिजालको भनाई छ । ओलीले आफूलाई मन नपरेको संविधानको पाङ्ग्रा भत्काउन थालेको नेता रिजालको आरोप छ । ‘हिजो मन पर्थ्यो कि पर्थेन । तर आज संविधानको पाङ्ग्रा भत्काउने काम सुरु भएको छ’, उनले भने ।

संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गर्दै उनले दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्ने कांग्रेस पनि सहमत भएको बताए । तर, संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरु संविधानको पक्षमा उभिँदा ओली उल्टो बाटो हिँडेकोमा उनले आश्चार्य प्रकट गरे ।

यो पनि पढ्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board