प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक उपत्यका बाहिर जाँदै ओली

काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढी जाँदै छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन् ।

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर निस्किएका ओलीले पार्टीको संस्थापन र आधिकारिक पक्ष आफूहरू रहेको सन्देश दिनेछन् । करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना चार दिनेदेखि धनगढीमा खटिएका छन्।

प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ । कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भएको जानकारी दिए । जनसभाका लागि विभिन्न समिति गठन गरिएको उनले जानकारी दिए ।प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ-आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् । ‘प्रचण्ड-नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board