प्रचण्ड-माधव समुहले ओलीलाई पठायो संविधान

काठमाडौं, २४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पुस्तक पठाएका छन् ।

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको हो ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको काठमाडौं कमिटीले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको छ ।

अरु जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र र संविधानको पुस्तक बुझाउने कार्यक्रम रहेको प्रचण्ड-माधव समुहले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board