पोर्चुगलमा बझाङका सुरतले गरे आत्महत्या

पोर्चुगल, २४ पुस । बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए ।

फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगाली प्रहरीले बताएको छ ।

यसैबीच कोरोनाका कारण सोलुखुम्बु घर भई एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । सन् २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board