सरकारी अस्पतालमा भीषण आगलागी, १० जना नवजात शिशुको मृत्यु

काठमाडौं २५ पौष । भारतको महाराष्ट्रको एक सरकारी अस्पतालमा भीषण आगलागी हुंदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।

महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा आज बिहान २ बजे आगालागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विद्युत शर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण मृत्यु हुने शिशुको उमेर एक दिनदेखि तीन महिनासम्म रहेको छ । अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले न्यूबर्न केयर युनिटमा आगलागी भएको र युनिटबाट सात शिशुलाई बचाइएको जानकारी दिएका छन् ।

उक्त वार्डमा १७ शिशुलाई भर्ना गरिएको थियो । वार्डमा नाजुक अवस्थामा रहेका बच्चालाई भर्ना गरिने अस्पतालले जनाएको छ । वार्डबाट धुंवा निस्किएको देखेपछि एक नर्सले अस्पतालका अधिकारीलाई जानकारी गराएकी थिइन् । आगलागीको घटनापछि अस्पताललाई बन्द गराएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board