टोखाको एक अपार्टमेन्टमा दम्पत्तीको शंकास्पद मृत्यु

काठमाडौं, २५ पौष । काठमाडौंको टोखामा रहेको एक अपार्टमेन्टमा बस्दै आएका दम्पत्तीको शंकास्पद मृत्यु भएको छ ।

नयां बानेश्वर घर भएर टोखा नगरपालिका स्थित एक अपार्टमेन्टमा बस्दै आएका ३३ वर्षीय उमेश केसी र सुदीक्षा गिरीको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काका अनुसार मृत्यु शंकास्पद देखिएको छ । एकजनाको हत्या भएको र अर्कोले आत्महत्या गरेको जस्तो अवस्थामा शव भेटिएपछि उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मृतक उमेशको टाउको र शरीका विभिन्न ठाउँमा चोट देखिएको छ। प्रहरीले धारिलो हतियार प्रयोग गरेर उमेशको हत्या भएको अनुमान प्रहरीइले गरेको छ ।

सुदीक्षाको शव भने झुण्डिएको अवस्थामा भेटिएको र उनको शरीरमा चोटपटक नलागेको प्रहरीले बताएको छ । उमेशका आफन्तले घटनामा सुदीक्षाका माइती पक्षको हात हुने आशंका गरेका छन् । प्रहरीले भने उमेशका आफन्तसंग सम्पर्क हुन नसकेपछि सुदीक्षाको माइती पक्षसंगको समन्वयमा शव पोस्टमार्टमका लागि अस्पताल पुर्याएको बताएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board