देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख : प्रधानमन्त्री

राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् । प्रतिनिधिसभाको पाँच वर्षे अवधि अगावै नयाँ जनादेश माग्न जनताको बीचमा जान लागिएको उनले बताए ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले अस्वस्थ, अनुचित र अलोकतान्त्रिक जालझेलबाट देशलाई मुक्त गर्न प्रतिधिनिसभा विघटन गरिएको स्पष्ट पारेका छन् । उनले अवधि पूरा नहुँदै जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर जानुको दोष पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल ‘प्रचण्ड–नेपाल’ समूहलाई दिए ।

एनले भने, ‘हामीले सोचेका थियौं, प्रतिनिधिसभा पाँच वर्षसम्म चल्नेछ र यसमा बिनाविग्रह प्रतिनिधिसभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधानको रक्षा र कार्यान्वयनको सन्दर्भमा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको सन्दर्भमा, बिनाव्यवधान काम गर्न पाउनेछ र त्यसरी काम गर्न पाउने सोचेका थियौं तर, त्यस्तो भएन,’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board