निजी क्षेत्रको लगानी र व्यापार सम्झौता मेरो पहिलो प्राथामिकता हो : राजदुत डा.खतिवडा

काठमाडौं, २८ पुस । अमेरिकाका लागि नेपाली राजदुत डा युवराज खतिवडाले निजी क्षेत्रको लगानी र व्यापार सम्झौतामा आफनो पहिलो प्राथामिकता भएको बताएका छन् । नेपाल अमेरिका चेम्बर अफ कमर्शको आयोजनामा भएको भर्चुअल अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै डा.खतिवडाले अमेरिकी सरकारसंग कुटनीतिक सम्बन्ध विस्तार गर्दै अमेरिकाका ठुला लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बताउनु आवश्यक रहेको बताए ।

उनले नेपालमा अमेरिकी लगानीको प्रसस्त अवसर रहेकोले यस बिषयमा आवश्यक छलफल गरिने बताए । अमेरिकामा नेपाली ग्रार्मेट गलौचा, कार्पेट, हस्तकलाका सामाग्री निकासी बढ्दै गएको भएपनि अझै व्यवस्थित गर्दै लौजानु पर्नेमा जोड दिए । यस्तै उनले अमेरिकाको पर्यटकहरुलाई नेपाल भ्रमण गराउन सक्ने हो भने पनि पर्यटन क्षेत्रलाई ठुलो सहयोग पुग्ने भन्दै यसका लागि योजनाहरु बनाउने समेत प्रतिवद्धता ब्यक्त गरे ।

एमसिसीको पारित हुने प्रक्रियाको सम्झौता अनुमोदन संसद विघटनपछि रोकिएको भएपनि यस बिषयमा अमेरिकाको लचिलो निति आवश्यक रहेको बताए । उनले अमेरिकी सहयोगको ठुला परियोजना आवश्यक रहेको हुनाले बिश्वासमा वातावरण अहिले आवश्यक रहेको उनको भनाई छ ।

नेपाल अमेरिका चेम्बर अफ कमर्शका अध्यक्ष किरण साखःले अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिए यसको नेपालले खासै फाइदा उठाउन नसकेको बताए । नेपाल र अमेरिका बिचमा व्यापार तथा लगानीको सम्भावना बढि भएको भएपछि उपलब्धी मुलक हुन नसकेको बताए । यस्तै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले अमेरिकाको पर्यटकलाई नेपालको टप स्थानमा राखेर पर्यटन पर्वद्धनमा ध्यान दिने हो भने पयर्यटनबाट नेपालले लाभ लिन सक्ने बताए ।

अन्तक्रिया कार्यक्रममा ग्रार्मेट एसोसियनका अध्यक्ष चण्डी प्रसाद शर्मा, पस्मीना एसोसियनका अध्यक्ष बिजय दुगडले अमेरिकामा नेपालका बस्तुहरुको प्रवद्र्धन र निकासीको जोड दिदै नेपालले लाभ लिनुपर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board