१० महिनापछि खुले उपत्यकाका विद्यालय, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौं, ४ माघ । काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु भएको छ ।कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसंगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गरिएको हो । सरकारले चालु शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसंगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको हो ।

सरकारले विद्यालय खुलाउने जिम्मा पालिकालाई दिएको छ । विद्यालय खोल्ने अन्तिम तयारी गरिएको भए पनि जनस्वास्थ्यविद्हरुले भने जोखिम नघटेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् । सङ्क्रमण पूर्ण रूपमा हट्न नसकेकोले शिक्षक बिद्यार्थीले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै कक्षा सञ्चालन गर्नुपर्ने जनस्वास्थ्यविदको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board