सरकारलाई समर्थन गर्ने / नगर्ने निर्णय लिन प्रदेश १ कांग्रेस संसदीय दलको बैठक जारी


विराटनगर, ७ माघ । प्रदेश १ कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ । प्रदेश सभा संसदीय दलको हलमा जारी बैठकले नेकपाको ओली वा प्रचण्ड(माधव समूहमध्ये कुन पक्षलाई सघाउने बारेमा तय गर्नेछ ।

कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन् । तर अहिलेपनि कांग्रेसको साथ नभई नेकपाको दुवै पक्ष अविश्वासको प्रस्ताव पास या फेला गराउन नसक्ने अवस्थामा छन् । प्रदेश सभामा २१ सिट रहेको कांग्रेसले कसलाई समर्थन गर्ने भन्ने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ । तर, त्यसपछि एक महिनाभित्र राईले विश्वासको मत लिनु पर्नेछ ।

प्रस्ताव बहुमतले पास या फेल गर्न ४७ मत आवश्‍क पर्छ पर्छ । प्रस्ताव पास या फेल गर्ने बारे नेकपाका दुवै समुह अल्पमतमा छन् । नेकपा दल विभाजन नभएपनि सांसद दुवै समूहमा विभाजित भएकाले दुवै बहुमत पुग्ने अवस्था छैन । प्रदेश १ मा ओली पक्षका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board