कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयां संक्रमितमध्ये १ सय ३३ जना काठमाडौं उपत्यकाका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ ।

उनीहरुमध्ये आज थप ४ सय ३ जनासहित हालसम्म २ लाख ६४ हजार १ सय ३७ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर रहेका ३ हजार ३ सय १२ सक्रिय संक्रमितमध्ये १ सय ३९ जनाको आईसीयु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board