विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख नाघ्यो

काठमाडौं, १२ माघ ।  विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । सोमबार बिहानको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् । उपचाररत बिरामीमध्ये १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १२५ पुगेको छ । अहिलेसम्म ४ लाख २९ हजार ४९० जनाको मृत्यु भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ । १ लाख ५३ हजार ५०३ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board