२०२१ मा यी पाँच तरिकाले हटाउनुहोस् पैसाको चिन्ता

काठमाडौं १३ माघ । जब अमान्डा क्लेम्यान न्यूयोर्कमा थिइन् तब क्रेडिट कार्डको ऋणमा यति नराम्रोसँग फसिसकेकी थिइन् कि त्यसबाट बाहिर कसरी आउने, उनले सोच्नसमेत सकेकी थिइन्न ।

अमेरिकामा फाइनेन्सियल थेरेपिस्ट अमान्डाले बीबीसी मुन्डोसँगको कुराकानीमा भनिन्, ‘त्यो स्थितीले मलाई यति लज्जित बनाइदिएको थियो कि मेरो व्यावसायिक र नीजि उपलब्धि सबैकुरा झुटो हो भन्ने लाग्न थालेको थियो । ’

एक दिन अमान्डाले आफ्नी आमालाई आफ्नो कपाल काटिदिन आग्रह गरिन् । तर आमाले जसरी कपाल काटिदिइन्, त्यो अमान्डालाई फिटिक्कै सुहाएन । त्यतिबेला आमाले यसलाई मिलाउनका लागि आफ्नो हेयरड्रेसकोमा जान सुझाइन् । तर अमान्डाले भनिन्, ‘म जान सक्दिनँ । म त्यहाँ फर्किएर जान सक्दिनँ किनभने मैले उनीहरुलाई बाउन्स चेक दिएकी छु ।’त्यतिबेला अमान्डाले आफ्नी आमालाई सबैकुरा साँचो साँचो बताउनु पर्यो । अमान्डाले उनीमाथि १९ हजार डलर करिब २२ लाख रुपैयाँको ऋण भएको बताइन् ।

वित्तिय योजनाः

सबैभन्दा खराब कुरा यो थियो कि अमान्डालाई यति ठूलो ऋण कसरी तिर्ने भन्नै नै थाहा थिएन ।यद्यपि, त्यतिबेला आमाको मद्दतले अमान्डाले आफ्नो बिल चुकाइन् । त्यसपछि उनले महिनाको एउटा बजेट र आर्थिक योजना बनाइन् । अमान्डाले पहिले कहिले पनि यसो गरेकी थिइनन् ।अमान्डा क्लेम्यान भन्छिन्, ‘म सधैं बजेट बनाउनबाट बच्थेँ किनभने यसो गर्दा मेरो स्वतन्त्रता गुम्छ भन्ने मलाई डर लाग्थ्यो ।’

तर बजेट बनाउँदा उनलाई थाहा भयो कि यसले उनको स्वतन्त्रता बढेको छ र बिस्तारै खर्च पनि कम भएको छ । उनको बचत भइरहेको छ जसका कारण उनले आफ्नो सबै ऋण पनि चुक्ता गरिसकेकी छिन् । अमान्डा भन्छिन्, ‘त्यो हेयरकटको ऋणका कारण मैले मेरो सही बाटो पाएँ जहाँ म पैसाका लागि बढी समझदार, सशक्त भए र मैले मेरो जीवनको प्यासन पाएँ ।’

थुप्रै वर्षसम्म सामाजिक कार्यमा सक्रिय भएपछि आफ्नो यो प्यासनका कारण अमान्डा क्लेम्यान एक फाइनेन्सियल थेरापिस्ट बनेकी छिन् ।

वित्तिय डर फाइनेन्सियल एङ्जाइटी के हो ?

अब क्लेम्यान यस्ता मानिसहरुको मद्दत गर्छिन् जसलाई वित्तिय तनावको समस्या छ । उनी कम्पनीसँग जोडिएकी छिन्, यो विषयमा ज्ञान दिन्छिन् र कलम पनि चलाउँछिन् ।

अमान्डाका अनुसार डर त्यतिबेला पैदा हुन्छ जब हाम्रो शरीर र दिमागले हामीलाई सिग्नल दिन्छ । केही सही भइरहेको छैन, त्यसमा ध्यान देउ भन्ने जानकारी दिन्छ । यो हाम्रा लागि खतराको घण्टी हो र मुश्किल स्थितीसँग जुध्ने समय आएको छ है भन्ने सिग्नल हो । यद्यपि, धेरैजसो यस्तो भइदिन्छ कि जब मानिसहरु डराउँछन् तब समस्यामा ध्यान दिन बन्द नै गरिदिन्छन् ।

त्यसैले हामीलाई पैसाको विषयमा डर लाग्छ । हामी साधारणतया यसबारे सोच्दैनौं र हालत यति खराब हुन्छ कि हामी आवेगमा निर्णय लिन्छौं ।

उनका अनुसार यस्ता निर्णयका कारण स्थिती थप खराब हुने गर्छ जसले थप डर पैदा हुनेगर्छ । यसरी हामी एक दुष्चक्रमा फस्दै जान्छौं । त्यसैले सबैभन्दा पहिले आफ्नो डरमा ध्यान दिनुहोस् र निकै गहिरोसँग सोच्नुहोस् कि तपाईंसँग आखिर के भइरहेको छ ।अमान्डा फाइनेन्सियल एङ्जाइटीबाट निस्कनका लागि पाँच तरिका सुझाउँछिन्ः

१. आफ्नो उत्सुकता बढाउनुहोस्ः

आफ्नो पैसाका लागि उत्सुक हुन सिक्नुहोस् । सबैभन्दा पहिलो कदम यहि हो ।

तपाईंको आर्थिक जीवनमा के भइरहेको छ, त्यसमा साँच्चै नै रुची लिनुहोस् । ऋण कसरी चुकाउने होला भनेर मात्रै सोच्ने नगर्नुहोस् । हाम्रो पैसाले हाम्रो बारे के थाहा हुन्छ भने हामी आफ्नो समयको प्रयोग कसरी गर्छौं र हाम्रो लागि वास्तवमा के कुरा महत्वपूर्ण छ । यो कुराले आफूले आफैंलाई सोधौं ।

२. आफ्नो पैसामाथि लगातार ध्यान दिनुहोस्ः

महिनामा कम्तिमा एकपटक यी तीन कुरा गर्नुहोस्ः

– यो हेर्नुहोस् कि तपाईंको बैंक अकाउन्टमा कति पैसा आउँछ र कति बच्छ ।

– अब कस्तो वित्तिय स्थिती आउँदैछ भन्ने कुरामा विचार गर्नुहोस् ।

– एउटा योजना बनाउनुहोस् ।

उदाहरणका लागि यदि तपाईंको भाडा बढेको छ भने तपाईंले आफ्नो बजेटमा केही कुरा परिवर्तन गर्नुपर्ने हुन्छ ता कि भाडा दिने बेलासम्म तपाईलें केही प्रबन्ध मिलाउन सक्नुहोस् । यसलाई समय अगावै तयारी गर्नुपर्नेछ, जे हुन्छ ‘देखा जाएगा’ भन्ने होइन ।

३. तपाईंले जे हासिल गर्नुभएको छ, त्यसका लागि आफ्नो खुबीको पहिचान गर्नुहोस्ः

तपाईंले आफ्नो लक्ष्यतर्फ कति प्रगति गर्नुभएको छ, त्यसको पहिचान गर्नुहोस् । यो महत्वपूर्ण पाटो हो । आफ्नो लक्ष्यमा किन पुग्न सकिनँ भनेर चिन्ता नगर्नुहोस् । भलै तपाईंले स–साना कदम उठाइरहनुभएको होला तर यो पनि महत्वपूर्ण परिवर्तन हो जसले देखाउँछ कि तपाईंमा यसको क्षमता छ । फाइनेन्सियल एङ्जाइटीलाई समाप्त गर्नु एउटा यस्तो प्रक्रिया हो जुन रातारात पूरा हुन सक्दैन ।

४. प्रयोग गर्ने मौकाः

हामी धेरैजसो कुनै कुरा ‘सही तरिका’ ले नै गर्न चाहन्छौं किनभने केही भिन्न गर्दा हामीलाई असफल हुने हो कि भनेर डर लाग्छ ।

तर सधैं भरी कुनै कुरा गर्न एउटा मात्रै सही तरिका हुन्छ भन्ने छैन ।

यदि हामीले यसबारे थप सोच्यौं भने विभिन्न विकल्प खुल्न सक्छन् ।

हामीले आफूले आफूलाई थप रचनात्मक हुने मौका दिनुपर्छ ।

५, पैसा नहुनु ‘राम्रो खबर’ होः

यो सुन्दा अचम्म लाग्ला तर पैसा नहुनु ‘राम्रो खबर’ हो । यस्ता स्थितीसँग जुध्नका लागि सोच्ने तरिकामा परिवर्तन गर्नुपर्छ । यसलाई एउटा मौकाको रुपमा हेर्न सकिन्छ । यो कदमले हाम्रो दृष्टिकोणलाई बदल्नु पर्ने महत्वलाई देखाउँछ जस्तै हामीले आफ्नो जीवनमा चुनौतीको जवाफ कसरी दिन्छौं र योसँग जुध्नका लागि लचिलोपन कसरी अपनाउँछौं ।

‘हामी आर्थिक समस्यासँग जुध्न सक्दैनौं’ यो सोच्नुको साटो ‘यस्ता परिस्थितीबाट कसरी निस्कने रु’ भनेर सोचौं । यो प्रक्रियामा हामीले आफ्ना बारे निकै रोचक कुराहरु पनि थाहा पाउनेछौं र हामीलाई थाहा हुनेछ कि व्यक्तिगत मामिलाले पैसालाई सम्हाल्ने हाम्रो तरिकालाई कसरी प्रभावित गर्छ ।

यो कुनै जादु होइनः

अमान्डा भन्छिन्, ‘फाइनेन्सियल थेरेपी र पैसाको विषयमा जुन व्यवहार हामी विकसित गर्न चाहन्छौं, यो कुनै जादुको छडी होइन ।’

यो एउटा प्रक्रिया हो जुन ‘हाम्रो अगाडि एक चुनौती छ है’ भन्ने कुराको स्विकार गरेपछि सुरु हुन्छ । आफैंलाई जान्ने यो यात्रा चलिरहन्छ ता कि त्यो सिग्नलले हामीलाई के गराउन चाहन्छ भेर पत्ताा लाग्न सकोस् र हामी केही बानीमा परिवर्तन ल्याउनका लागि योजना बनाउन सकौं ।

यो प्रक्रियामा आफूले आफैंलाई प्रश्न सोध्नु फाइदाजनक हुन्छ । जस्तै कि तपाईंको कामको के अर्थ हो, तपाईंका प्राथमिकता के हुन्, तपाईंको लक्ष्यलाई केले प्रभावित गर्छ, तपाईंको आर्थिक स्वास्थ्यलाई कुन सम्बन्धले प्रभावित गर्छ, तपाईं कुन कुरालाई परिवर्तन गर्न सक्नुहुन्छ र केलाई सक्नुहुन्नँ ।

तपाईंको जागिर नै गुमे ?

यस्तो स्थितीमा फाइनेन्सियल थेरापिस्टले दिने सल्लाह भनेको तपाईंले सुरुमा शान्तिले बसेर हालको स्थितीको विश्लेषण गर्नुपर्छ ।

एउटा राम्रो तरिका यो हो कि तपाईं ती व्यक्तिसँग कुरा गर्नुहोस् जोसँग तपाईंको वित्तिय प्रतिबद्धता छन् जस्तै घर मालिकसँग कुरा गर्नहोस् र भाडाका लागि थोरै समय दिन आग्रह गर्नुहोस् । यदि जागिर जानुअघि तपाईंको केही बचत छ भने तपाईंले त्यो पैसाले कतिसम्म आफ्नो खर्च धान्न सक्नुहुन्छ भनेर योजना बनाउनुहोस् । यसले यसबारे पनि तपाईंलाई सोच्न मद्दत गर्छ कि तपाईंले वैकल्पिक तरिकाले पनि कसरी पैसा पाउन सक्नुहुन्छ ।

भलै त्यो पैसाले तपाईंको पूरा खर्च नधान्ला तर ऋण र ब्याजबाट बचाउनका लागि यो तरिका निकै हदसम्म तपाईंको मद्दत गर्नसक्छ । साथै आफ्नो खर्च कम गर्न नबिर्सिनुहोस् । यी सबैमार्फत् यो जान्ने कोसिस गर्नुहोस् कि कुन कुरामा तपाईंको नियन्त्रण छ र कुनै कुरा तपाईंको नियन्त्रण बाहिर छ । यसले हामीलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board