प्रचण्ड-नेपाल तीन महिनामा नागरिक समाजका अगुवा हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई तीन महिनामा नागरिक समाजका अगुवा बनाउने बताएका छन् । प्रचण्ड र नेपालले पार्टी चलाउन नसक्ने उनकाे टिप्पणी छ।

आज नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एक जना साथी त अस्ति नागरिक अगुवा भएर जानुभएछ। यसो चित्र निहालेर हेरेँ अरू अझै गएका रहेनछन्। प्रचण्ड नेपालहरूको पनि बाटो त्यही हो। पार्टी सिध्यो। तीन महिनामा यिनीहरू पनि नागरिक समाजका अगुवा हुन्छन्।’ प्रचण्ड-नेपाललाई नागरिक समाजका सम्मानित व्यक्तित्व बनाएर राख्नुपर्ने ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर ठिक गरेको पनि दाबी गरे । उनले अस्थिरता रोकेको समेत दावी गरे । अबको चुनावबाट देशभक्तिलाई जनताले जिताउने समेत उनले जीकिर गरे । चुनावमा जान प्रचण्ड-नेपाल डराएको र चुनावदेखि आत्तिएको ओलीको आरोप छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board