नेकपा अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

काठमाडौं, १९ माघ ।  नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा विपक्षी सबैलाई लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board