काठमाडौं, २२ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ७३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ७३४ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ७०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ९० हजार ९०९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ७९ हजार २२३ जना संक्रमणमुक्त भएका छन् ।
COMMENTS