नागरिकलाई पर्न गएको असरप्रति माफी माग्छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षले गरेको आम हड्तालले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति अध्यक्ष प्रचण्डले माफी मागेका छन् । उनले आज बिहान लालितपुरमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल पक्षले गरेको हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएका हुन ।

अध्यक्ष प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गरे । आन्दोलनरत नेकपाका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताए । यसैकारण आफूले हिजो आयोजित आमहतडतालमा एमसीसीविरुद्धका नारा लगाउन रोकेको जानकारी दिए । त्यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपालले चक्रपथमा सेनाका बख्तरबन्द गाडीमा घुमाउदैमा कोही नडराउने बताए ।

आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसंगको अन्तरक्रियामा नेता नेपालले केही दिनअघि राति काठमाडौंको चक्रपथमा सेनाका गाडी घुमाइएको घटनालाई संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसरी तर्साउने कोसिस नगर्न चेतावनी दिए । उहाले ओलीलाई संकेत गर्दै कसैलाई चोइटिएर जाने इच्छा भए बालकोटमै पार्टी बनाएर बस्नु पर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board