प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं, २७ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।

आयोगले यसअघि माघ १६ गते नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

सो छलफलमा नेकपाको ओली पक्षका दोस्रो तहका नेताहरु पुगेर छलफल गरेपनि प्रचण्ड(नेपाल पक्ष भने सो दिन छलफलमा भाग लिएनन् ।

तर त्यसको केहि दिनपछि प्रचण्ड-नेपाल पक्षले आयोगमा आफ्नो पक्षको आधिकारिकता दाबी गरिसकेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे निर्वाचन आयोग जाँदै छन् ।

नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board