भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा जिम्मेवार हुन सञ्चारमाध्यमलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने बताए ।

राज्यको चौथो अंग सञ्चारमाध्यमले जनतालाई यथार्थ कुरा सूचित गर्नुपर्ने, यथार्थ खोजी भ्रष्टलाई भ्रष्ट भन्नुपर्ने तर जो भ्रष्टाचार नगरेका व्यक्तिलाई पनि भ्रष्टै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न नहुने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घट्नामा अनुचित ढंगले प्रस्तुत भएको प्रधानमन्त्री ओलीले बताए । उनले अख्तियारसंग अपराधी थर्कमान हुनैपर्ने, तर निर्दोष व्यक्तिका लागि संरक्षणको थलो पनि बन्नुपर्नेम जोड दिए । ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाले अरुलाई हिलो छ्याप्न पाउंदा आफ्नो महानता बढ्छ भन्ने सोच्न नहुने प्रधानमन्त्री ओलीको सुझाव थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board