चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं,  ६ फागुन । सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो ।

बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको यो खोपको चीनमा पनि आपतकालीन प्रयोगको अनुमति दिइएको छ ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ भारतबाट ल्याएर खोप अभियान शुरू गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board