प्रिमियर लिग : ब्राइटनसँगको खेलमा क्रिस्टल प्यालेस विजयी

काठमाडौं, ११ फागुन । इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।गएराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एकरएक गोल गरेका हुन् । यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेका हुन् । लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board