अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आपसी विवादका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा ले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोजिएकाले अहिले तत्काल सरकारको नेतृत्व कांग्रेसले गर्न नहुने बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम एवं शिव पौडेलको हत्यारालाई आममाफी दिइएको विरोधमा आयोजित सभामा पूर्व सञ्चारमन्त्री बस्नेतले भने, “अहिले कांग्रेसले जनताको प्रतिनिधित्व गर्नुपर्छ । सरकारको नेतृत्व लिनु हुँदैन ।” जनताले सरकार चलाउने जिम्मा कम्युनिष्टलाई दिएको बताउँदै उनले कांग्रेसले जनताको निर्णय कुर्नुपर्ने बताए ।

अबको कांग्रेस सच्चिन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले रुखमा भोट मात्रै हाल्ने बानी बसाल्ने हो भने पनि सकारात्मक सोचका साथ जित हुने उनले बताए । जनताले दुई तिहाइ नजिकको मत दिएर पठाएको पार्टीले देशमा शासन गर्न नसकेर जनताको मतको अनादार गरेको उनको आरोप थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board