प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई सर्‍यो

काठमाडौँ, २४ फागुन । साविकको नेकपा दाहाल–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिए ।सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न प्रचण्डनेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको हो । अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board