आइएलओ अभिसन्धि १९० अनुमोदन गर्न माग

काठमाडौं, २४ फागुन । १११औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न संघसंगठनले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, अनेरास्ववियुलगायतले महिला अधिकार संरक्षणका लागि ‘आइएलओ अभिसन्धि १९० पारितका लागि दबाब सिर्जना गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री जुलीकुमारी महतोले दिवसका अवसरमा शुभकामना दिएकी थिइन ।

सो अवसरमा ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालले दुई दशकअघिदेखि आइएलओ अभिसन्धि पारितको कुरा उठाउँदै आए पनि अहिलेसम्म संसदबाट अनुमोदन हुन नसकेको बताइन् ।

ट्रेड युनियन कांग्रेसका पूर्वाध्यक्ष लक्ष्मणबहादुर बस्नेतले अभिसन्धि पारित गर्न सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए ।

“अभिसन्धि पारित नभए अहिलेसम्म श्रमिक अधिकारका लागि भएका र गरिएका कार्य व्यर्थ हुनेछ”, उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board