प्रस्तावित दुई न्यायाधीशका लागि सार्वजनिक उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आव्हान गर्ने निर्णय गरेको हो । समितिले सो सम्बन्धी सुचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ । समितिको यो निर्णय संगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरु विरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधिशमा सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुँडालको नाम सिफारिस गरेको थियो । संबैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई गर्नुपर्ने संबैधानिक व्यवस्था छ । संसदीय सुनुवाईपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board