कांग्रेसले सरकारको दाबी गरेर निर्वाचन गराउनुपर्छ : नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अब कांग्रेसले सरकारको दाबी गरेर देशलाई निर्वाचनमा लैजानुपर्ने बताए । वर्तमान सरकारले देशलाई निकास दिनुको सट्टा झनै विनाशतर्फ मोडेकाले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बेला आएको बताए ।

नेपाल तरुण दल भीरकोट नगर कार्यसमितिले आज स्याङ्जाको बयरघारीमा आयोजित आमसभामा उनले जब मुलुकमा अप्ठ्यारो स्थिति आइपर्छ त्यतिबेला कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको इतिहास रहेको बताउँदै अब पनि देशलाई निकास दिन कांग्रेसले जिम्मेवारी लिनुको विकल्प नभएको धारणा व्यक्त गरे । “स्थिर सरकारको कल्पना गरी नेकपालाई जनताले पाँच वर्षको अवधिका लागि चुनेर पठाएका थिए”, नेता थापाले भने , “जुन अपेक्षा जनताले यो सरकारबाट गरेका थिए त्यो पूरा हुन सक्ने अवस्था नै रहेन बरु विकासभन्दा पनि विनाशतर्फ लैजाने प्रयास भयो, यसलाई अब हामीले रोक्नुपर्ने बेला आएको छ ।”

सभामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कम्युनिष्टसँग नेपाली कांग्रेसले सहकार्य गर्न नहुने धारणा राखे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board