प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्री ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं, ६ चैत । आज प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो । सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ । आजको बैठकमा पनि मुख्य विषयले प्रवेश पाउने सम्भावना कम रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board