महान्याधिवक्ता अग्नि खरेलबाट राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले आज दिउंसो पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनको क्रममा तीन वर्षको कार्यकालमा प्रधानमन्त्री ओलीसंगको सम्बन्ध राम्रो रहेको बताए ।

संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसंग असन्तुष्ट थिए । पूर्व कानूनमन्त्री समेत रहनुभएका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board