प्रतिनिधिसभाको अर्को बैठक चैत १० गते

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत १० गते मंगलबार दिउंसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

संसदको जारी अधिवेशनको सुरुवातमा भएका गतिबिधिप्रति सरकारले असन्तुष्टि व्यक्त गरेको छ । सरकारको प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधि सभा बैठकमा आफ्ना धारणा राख्दै असन्तुष्टि व्यक्त गरे । संसदको पहिलो बैठकमा ती अध्यादेश प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था भएपनि जनताको चासोसँग जोडिएका केही अध्यादेश रोकिएको जानकारी दिए ।

एसिड आक्रमणविरुद्धको अध्यादेश प्रस्तुत गर्न र बहालवाला र पूर्व सांसदहरुको निधनमा श्रद्धाञ्जलि दिन समेत अवरोध भएको भन्दै उहाले असन्तुष्टि व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले यसबीचमा महत्वपूर्ण कामहरु गरेको दाबी गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board