प्रधानमन्त्री ओलीले संसद विघटन बदर भएपछि राजीनामा दिनुपर्छ : बालकृष्ण खांण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता खांणले संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै सरकारले नैतिक दायित्व लिनुपर्ने बताए । संविधानको रक्षा गर्नु सरकारको पहिलो काम भए पनि ओली नेतृत्वको सरकार बनेदेखि निरन्तर रुपमा संविधानमाथि प्रहार सुरु भएको नेता खांणले तर्क गरे । संविधान बनेकै दिनदेखि विचार अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार सुरु गरेको समेत उनले जिकिर गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board