एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिदेखि बसिरहेको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

सो बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । उनका अनुसार संसदीय दलको बैठकलगत्तै एमालेको १२औँ केन्द्रीय कमिटी बैठक बस्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board