चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन् : सर्वेक्षण

बेइजिङ, ८ चैत । चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको एक सर्वेक्षणले देखाएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको जवाफ दिएका हुन् ।

आइतबार पर्ने २१औँ विश्व सुताई दिवस वल्र्ड स्लिपिङ डे को अवसर पारेर यो सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।सर्वेक्षण्मा दुई हजार दुई जना सहभागी भएका थिए । उनीहरु १८ देखि ३५ वर्षसम्मका थिए । सर्वेक्षणमा सहभागी ८.५ प्रतिशतले मात्रै आवश्यकता अनुसारको सुताई मानिने ८ घण्टा सुत्ने गरेको जवाफ दिएका थिए । बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिले कहिले मात्रै सुत्ने गरेको बताए ।

उनले भने, “हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट काम सकेर आउने गरेको छु, कहिलेकाहिँ त भोकै पनि हुने गरेको छु, सुत्न जानुभन्दा अगाडि कम्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्न ढिलो हुन्छ । सुत्नका लागि विस्तारामा गएपछि पनि आधादेखि एक घण्टासम्म निदाउन समय लाग्ने हुले बताए । उनीजस्तै झण्डै ११ प्रतिशत युवाले सुतेको ३० मिनेटभन्दा अगाडि निदाउन नसक्ने गरेको जवाफ दिएका थिए ।सुताइको गुणस्तर र सन्तुष्टिका बारेमा सोधिएको प्रश्नमा झण्डै आधा युवाले सन्तोषजनक रहेको उत्तर दिएका थिए ।

सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले गहिरो निद्रा सहित सपना देख्ने गरेको, ४५.४ प्रतिशतले पातलो निद्रा लाग्ने गरेको र ३३.१ प्रतिशत बिहान चाँडै व्युझिने गरेको बताएका थिए । यिनीहरु नै सुताई सम्बन्धी उनीहरुका मुख्य समस्या पाइएको थियो । गुणस्तरीय सुताई नहुुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि घातक हुने गरेको पनि सर्वेक्षणबाट देखिएको थियो । राम्रोसँग नसुत्नेहरुबाट कामको नतिजा पनि राम्रो नआउने गरेको र उनीहरुको काममा समेत असर पर्ने गरेको पाइएको सर्वेक्षणकर्ताहरुले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board