दुरसञ्चारमा परेका गुनासाहरु अन्त्य हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताएका छन् ।

आज मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताएका हुन् । आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सँधैका लागि अन्त्य गरिने बताए ।

गुनासो समाधानका लागि दुरसञ्चार सम्बन्धी सबै सरोकारवाला एकैठाउँमा बसेर समिक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङले बताए । मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समिक्षा गर्ने बताए । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board