पार्टीबाटै हटाइएको मान्छे अझै ‘प्रधानमन्त्री’ तमासा भएन त ? : प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन् ।
शनिवार काठमाडौंमा भएको निजामति ट्रेड युनियनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको व्याख्या गरे ।

उनले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन र बहुदीय व्यवस्थाको विरोधमा भएको दावी गरे । वैधानिक रुपमा अघि बढेको पार्टीका विरुद्ध र कससैले पनि माग्दै नमागेको विषयमा अदालते फैसला गरेर मिलेका शक्तिलाई जबरजस्ती डिभोर्स गराइएपछि देशको अवस्था असहज बनेको प्रचण्डले बताए ।

प्रचण्डले फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै भने मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नु पर्छ ।

यस्तै संघीय निजामती सेवा सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पास भएपनि प्रधानमन्त्री ओलीले रोकेर सदनबाट पास हुन नदिइ निकम्मा बनाएको आरोप लगाए । उनले कर्मचारी समायोजन सम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भएको बताउँदै अहिले त्यसलाई अघि बढ्न नदिइएको बताए ।

पछिल्ला ३ वर्षमा जस्तो ऐन बन्नुपर्थ्यो त्यस्तो हुन नसकेको, पार्टी र स्थायी कमिटी सदस्यलाई जनाकारी नै नदिई विधेयकहरु आएको, ऐनमा कर्मचारी ट्रेड युनियन अधिकार नै नराख्ने, कर्मचारीलाई कुनै एउटा गुटको अधीनस्थ गर्न खोजिएको बताए ।
आगामी दिनमा ऐन कानुनमा भएका परिवर्तन विरोधी प्राव्धान बदल्ने आश्वासन समेत प्रचण्डले कर्मचारी अगुवाहरुलाई दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board