कोरोनाका नाममा विद्यालय बन्द नगर्न निजी विद्यालयहरुको माग

काठमाडौं ३० चैत । निजी विद्यालय सञ्चालकहरूले कोरोनाभाइरस (कोभिड–१९) बाट जोगिन सावधानी अपनाउँदै विद्यालय सञ्चालन गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय बन्द गर्न सिफारिश गरेको सन्दर्भमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आइतबार विज्ञप्तिमार्फत विद्यालय बन्द नर्गन आग्रह गरेको हो ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भनेका छन्, “देशभरि कोरोना संक्रमण वृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रूपमा शैक्षिक संस्थाहरू स्वास्थ्य सावधानीका उपायहरू अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गर्दछौं।”
अनलाइन कक्षामा निजी विद्यालयका ५० प्रतिशतभन्दा बढी विद्यार्थीको पहुँच नभएको भन्दै प्याब्सनले भौतिक कक्षामा जोड दिएको हो।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिने बताउँछन्। हिमालखबरसँग उनले भने, “विगतमा सबैतिर लापरवाही भएकै हो, तर कडा सावधानी अपनाएर भौतिक कक्षालाई निरन्तरता दिनुपर्छ।”
भारतमा कोरोनाको दोस्रो लहरको संक्रमण अत्यधिक बढेपछि जनस्वास्थ्यविद्हरूले नेपालमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board