काठमाडौं ३१ चैत । आइपिएलको यस संस्करणको चौथो खेलमा गए रात रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो ।पञ्जावले टस हारेर व्यटिंगको निम्तो पाएको थियो । उसले २२१ को विशाल स्कोर बनाएको थियो । जबाफमा राजस्थान रोयस्लका सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि पञ्जाब किंग्ससँग पराजित हुन बाध्य हुनु पर्यो ।
१४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाएका थिए । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।
जितका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस दोडिसकेको अवस्थामा समेत एक रन लिएका थिएनन् ।
मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सन्जु सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का सहयोगमा ११९ रन बनाए । जोस बटलर र रियान परागले बराबर २५ र शिभव दुवेले २३ रन जोडेका थिए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १, १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान के एल राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।
विकेटकिपर समेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाएका थिए । हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन बनाए ।
यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।
बलिङमा राजस्थानका डेब्युटान्ट चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए ।शकारिया र पराग पहिलो पटक खेलेका नयां खेलाडी हुन् । दुवैले पहिलो खेलमा नै १, १ विकेट लिएका थिए । यस सिजनको आइपिलका सर्वाधिक महंगा खेलाडी क्रिस मोरिस राजस्थान रोयल्सको टिममा छन् । उनको मूल्य १६.२२ करोड भारु रहेको छ । उनलाई मनी व्याग समेत भनिन्छ ।
COMMENTS